नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्धारा अधिवेशन लोगो सार्वजनिक

पाेखरा | असोज २, २०८०

नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्धारा अधिवेशन लोगो सार्वजनिक

पोखरा:   नेकपा एमाले गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६गते पोखरामा आयोजना हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ । 


प्रदेश कमिटी अधिबेशन  प्रचार प्रसार समितिले  पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको  हो।

 

लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिनुभयो ।


बैठकले अधिबेशनलाई सभ्य  र भब्यरूपले सम्पन्न गर्न  विभिन्न विभिन्न वटा उप समिति मार्फत   ससक्त ढंगले तयारी  अगाडि बढाइएको  प्रचार  तथा प्रसार  उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो।


अधिबेशनमा  करिब ९०० जना प्रतिनिधि सहभागी हुने र  असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष नबराज शर्माले जानकारी दिनुभयो ।  ने क पा (एमाले) गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्